काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले काठमाण्डौं महानगरपालिका, वडा नं. ३० रातोपुलमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमका बीच माघ १५ गते सोमवारका दिन विधिवत उद्घाटन गरेका छन् ।

सो समारोहमा आफ्नो उद्घाटन मन्तब्य व्यक्त गदै शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्नेमा  जोड  दिए । नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताका लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नु पर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक समक्ष विभिन्न कार्यक्रम मार्फत बैंक आफै पुग्नुपर्ने अपरिहार्यता दर्शाए ।

सो अवसरमा एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता  व्यक्त गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले निकट भविष्यमै नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्ब  पुर्याउने प्रक्रियामा गइसकेको बताए ।

एनसीसी बैंकले २०७४ पौष मसान्तसम्ममा निक्षेप परिचालन रु. ५९ अर्ब तथा ५१ अर्ब कर्जा प्रवाह गरेको छ भने रु. ३५.४५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको देशभर हालसम्म ८० वटा शाखा संचालनमा छन् ।