काठमाण्डौ । एनआइसी एशिया बैंकले रुपन्देहीको तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । 

माघ २९ गते एक समारोहका बीच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले सो शाखाको विधिवत उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । कोटिहवा शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।