काठमाण्डौ । एनआइसी एशिया बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

देवदह न. पा. ५ स्थित खैरेनी शाखाको फागुन ६ गते एक समारोहकाबीच देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले उद्घाटन गरे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । खैरेनी शाखाको समुद्घाटनसँगै हाल यस बैंकले देशभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।