काठमाण्डौ । अग्नि गु्रपले महिन्द्रा गाडीहरुका लागि हालै थ्रीएस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित सङ्खुवासभाको तुम्लीङ्गटारमा आधिकारिक शोरुमको समुद्घाटन गरेको छ । 

अग्नि ग्रुपको यो शोरुम फागुन ४ गतेबाट शुभारम्भ गरिएको हो। 

शोरुमको समुद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्मा, मनराम ग्रुपका अध्यक्ष मनमाया श्रेष्ठ, सङ्खुवासभाका जिल्ला सभापति सुमन शाक्यले संयुक्त रुपमा गरेका थिए । 

शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको बताइएको छ । चाहिएको बेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु आफूहरुको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ ।