काठमाण्डौ । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्यविनायकस्थित आरएन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ। 

यही चैत १ गतेबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने स्मार्ट टेलिकमले उल्लेख गरेको छ । सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञासाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने बताइएको छ । कम्पनीले प्रदान गर्ने नयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले यहाँबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्मार्टसेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका थिए । ग्राहकहरुका लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य नै यस सेन्टरको रहेको उनले सो क्रममा बताएका थिए । 

यसअघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतली सडकमा पनि आफ्नो सेन्टर स्थापना गरिसकेको छ भने आगामी दिनमा पोखरामा आफ्नो सेन्टर स्थापना गर्नेे योजना बनाएको छ । नेपालका अन्य प्रमुख शहहररुमा पनि यस्तै स्मार्ट सेन्टर स्थापना गर्ने कम्पनीको भावी योजना छ ।