काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा चैत ४ गते आइतबार सम्पन्न भएको छ । 

साधारणसभामा  बैंक सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजी रु. ६,८२,६१,१७,१५५ को १४ प्रतिशत अर्थात रु. ९५,५६,५६,४०२(पन्चानब्बे करोड छपन्न लाख छपन्न हजार चार सय दुई रुपैंया) बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसरी पारित १४ प्रतिशत बोनस शेयर र यसअघि नै स्वीकृत भई जारी भइरहेको  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्तापुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।

बैंकले हालै देशभर १०० वटा शाखा(३ एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ एटीएम र ६८७ पिओएस मेसिनमार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधिमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।