काठमाण्डौ । सीआस्वामार्फत एफपीओ, आइपीओ र हकप्रदमा आवेदन दिने प्रक्रियाले सार्वजनिक निश्कासनको क्षेत्रमा हुने गरेको ढिलासुुस्तीको युुगलाई अन्त गरिदिएको विश्वास गर्न थालिएको छ । सीआस्वाबाट गरिएको आवेदन दुुई दिनमै बाँडफाँटदेखि लिएर बाँडफाँड भएको २ साताभित्रै सेयर सूचिकरणसम्मका नयाँ घटना नेपालको सेयरबजारमा भएका छन् । यसले सार्वजनिक निश्कासनहरुको पट्यारलाग्दा प्रक्रियाहरु आगामी दिनमा सहज, आधुनिक र छरितो हुने धेरै लगानीकर्ताले विश्वास गरेका छन् । 

तर, यही छरितो प्रक्रियामार्फत आवेदन दिंदा निकै धेरै संख्यामा गल्तीहरु समेत भएका पाइएको छ । कतिपय लगानीकर्ता त मेरो सेयर रजिस्टेसनदेखि लिएर सिआरएन नम्बर लिने र त्यसपछि एफपीओ, आइपीओ र हकप्रदमा आवेदन दिने प्रक्रियाको बिषयमा निकै धेरै अलमलमा परेका देखिएको छ । 

लगानीकर्ताहरुको यही अन्यौललाई दूर गर्न सिद्धार्थ क्यापिटल लिमीटेडले नेपाली भाषामा निकै राम्रो सामाग्री तयार गरेको छ । जसमा तपाईले मेरो सेयर आवेदनका लागि आवश्यक सबै प्रक्रिया प्रष्टसँग बुुझ्न सक्नुुहुन्छ । 

उदाहरणका लागि हेर्नुहोस् यो भिडियो: