काठमाण्डौ । प्रभू बैंक लिमीटेडले काठमाण्डौ महानगरपालिका वडा नं.३० (साबिक का.म.न.पा.वडा नं.३३) ज्ञानेश्वरमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका संचालक पुष्पबहादुर प्रधानले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये प्रभु बैंक लिमिटेडको दरबारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी बैंकको दरबारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।