काठमाण्डौ । सत्तासीन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी महेश बर्तौलाले पाएका  छन् । 

अध्यक्ष नवीना लामाले बर्तौलालाई एक पत्रमार्फत व्यक्तिगत र  पारिवारिक परिस्थितिका कारण आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न समय अभाव रहेकोले संगठनको सम्पूर्ण कामको नेतृत्व दिइएको जानकारी दिएकी छिन् ।

बैशाख ९ गतेदेखि संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका बर्तौला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष हुन् ।