काठमाण्डौ ।एमाले निकटकै केही बैंकरलाई समेत दौडमा  पछि पार्दै चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण नेपाल राष्ट्रबैंकको संचालकमा नियुक्त भएका छन् ।

तत्कालीन राष्ट्रबैंकका संचालक  बालकृष्णमान सिंह अवकाश भएपछि रिक्त रहेको पदमा कर्णलाई नियुक्त गरिएको हो ।

मंगलबार बसेको क्याबिनेटले कर्णलाई आगामी ५ वर्षका लागि राष्ट्रबैंकको संचालकमा नियुक्त गरेको संचार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

कर्ण नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका पूर्व अध्यक्ष हुन भने सन् २०१८ का लागि साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा)को अध्यक्ष समेत नियुक्त भएका थिए ।