एन्टिबायोटिकको प्रयोग बढ्दो छ । चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक सेवन गर्नेको संख्यामा नेपालमा झन् धेरै छ । पएन्टिबायोटिकसेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा

१. एन्टिको अर्थ बिरुद्ध र बायोटिकको अर्थ अत्यन्तै सानो जीवित ब्याक्टेरिया भन्ने हुन्छ । तसर्थ ब्याक्टेरियाको संक्रमणबाट जोगाउन यसको प्रयोग हुन्छ । भाइरल वा फन्जाई रोगबिरुद्ध लड्न यो प्रयोग हुँदैन ।

२. सामान्यतया दिनमा दुईदेखि तीन पटक एन्टिबायोटिक खाने र खुवाउने चिकित्सकहरुले सामान्य सुझाव दिन्छन् । आफ्नै हिसाबले कहिल्यै पनि यो औषधी खानु हुन्न । आवश्यक भन्दा बढी खाँदा पाचन प्रणालीमा असर गर्छ ।

३. चिकित्शकको सुझाब अनुसार मात्र एन्टिबायोटिक खानुपर्छ । केही दिन पछि सन्चो भयो भन्दैमा बिचमै छोड्नु हुँर्दैन ।

४. सामान्यतया खाना खाएपछि मात्र एन्टिबायोटिक खानुपर्छ । तर, कतिपय अवस्थामा चिकित्सकले खानु अगाडि वा खानासँगै औषधी लिन सुझाव दिन्छन् । औषधी खाँदा चिल्लो खानेकुरा, मदिरा, पिरो लगायतका खानेकुरा खानुहुँदैन ।

५. एन्टिबायोटिकले गट व्याक्टेरियालाई पनि आक्रमण गर्छ । जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । गट फ्लोरा र एन्बिायोटिकको खराब अशरको प्रति आक्रमण गर्न प्रोबायोटिक वा खानासँगै दही खानुपर्छ ।

६. एन्टिबायोटिक सेवन गर्दा दैनिक २ देखि ३ लिटर पानी खानुपर्छ । शरिरलाई हाईड्रेड गर्न र शरिरबाट अनावश्यक रसायन र विषादीलाई फाल्न नियमित फलफुलको जुस खुवाउनुपर्छ ।

७. औषधी खाँदा पच्न सजिलो हुने र नुन कम भएको खानेकुरा खानुपर्छ किनकी औषधीले पाचन प्रणालीलाई केही असर गरेको हुन्छ । तेलीय खानेकुराबाट टाढै रहनुपर्छ । अन्य समयमा भन्दा थोरै तर नियमित खानेकुरा खानुपर्छ ।

८. एन्टिबायोटिक औषधी खाँदा एन्टीएसिड (एसिडिटीलाई तटस्थ बनाउने वा काउन्टरअट्याक गर्ने ) र भिटामिन बी पूरक लिनुपर्छ । औषधी खाँदा आईरन सप्लिमेन्ट लिनु हुँदैन । क्याल्सियमको सप्लिमेन्टलाई निरन्तरता दिन सक्नुहुन्छ ।

९. एन्टिबायोटिक खाखाइरहँदा हल्का व्यायाम वा योगा गर्नसक्नुहुन्छ ताकी मेटाबोलिजम सशक्त हुन्छ । व्यायायमले तपाईलाई सक्रीय मात्र होइन रोगबिरुद्ध लड्न सहयोग गर्छ । तर, औषधी खादा हल्का तर निरन्तर व्यायायम गर्नुपर्छ ।

१०. एन्टिबायोटिक खाँदा कब्जियत वा पखाला जस्ता पाचनसँग सम्बन्धित समस्या हुनु स्वभाविक हो । यी समस्या देखिएमा औषधी खान छोड्नु हुँदैन । समस्या देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । चिकित्सकले औषधी पविर्तन गरिदिन सक्छन् ।

-Swasthyakhabar