काठमाडौँ । महलक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीलाई नौ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पास गर्न साधारण सभा सम्पन्न गर्दैछ । बैंकको साधारण सभा आज अर्थात् २१ वैशाख २०७५ गते मीनभवन काठमाडौँस्थित ‘अल इन वान मार्ट’मा दिउँसो १ बजेका साधारण सभा सम्पन्न गर्दैछ । 


बैंकले वैशाख गत नै बुक क्लोजको मिति तय गरिसकेकाले सो मिति सम्म कायम शेयरधनीले साधारण सभामा सहभागी हुन पाउने तथा बोनस पाउने भएका हुन् ।


आर्थिक वर्ष २०७३÷७४ मा आर्जन गरेको नाफाबाट कम्पनीले ९ प्रतिशत बोनस वितरण गर्ने भएकोे हो ।  बैंकले २३ करोड  ७० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गने भएको हो ।