काठमाण्डौ । वालमार्ट र फ्लिपकार्टबीच भएको खरीद–बिक्रीको सम्झौतापछि फ्लिपकार्टका कर्मचारीहरुलाई मात्र करिब ५० करोड डलरको फाइदा भएको छ । 

वालमार्टले फ्लिपकार्टको ७७ प्रतिशत सेयर स्वामित्वलाई १६ अर्ब डलरमा खरीद गरेको हो । यसपछि भारतको कर्पोरेट इतिहासमा यो डिल कर्मचारीहरुका लागि सबैभन्दा धेरै लाभदायक बनेको समाचारमा उल्लेख छ । 

डिलका कारण कम्पनीलाई मात्र होइन, कैयन कर्मचारीलाई समेत नसोचेको लाभ प्राप्त भएको छ । कम्पनीमा सेयर राख्नेवाला कर्मचारीहरुलाई यो डिलले मालामाल बनाइदियो । यसमा करिब २ अर्ब डलर मूल्यका सेयर होल्डर सामेल छन् । यहीकारण कम्पनीका नयाँ र पुराना गरी १०० कर्मचारी यो डिलपछि रातारात करोडपति भएका बताइएको छ । 

मिडिया रिपोर्टका अनुसार वालमार्टको तर्फबाट फ्लिपकार्टका कर्मचारीलाई सेयर बेच्नका लागि सतप्रतिशत बाईब्याक अफर दिइनेछ ।