काठमाडौँ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालू एयरको सम्पर्कविहिन विमान बाजुरामा भेटिएको छ । विमानमा चालक दल मात्र रहेको र दुवै जना सकुशल अवस्थामा भेटिएको विमानस्थल स्रोतले उल्लेख गरेको छ ।

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो ।