काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले बैशाख २८ गते शुक्रबारका दिन रुद्रमती माध्यमिक विद्यालय, बानेश्वरका विद्यार्थीहरुलाई रु ३५,००० बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ । 

यसैगरी बैशाख ३१ गते सोमवारका दिन बैंकको सिमरा शाखाको आयोजनामा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ०२ स्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृित्त वितरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रालाई यो शैक्षिक सत्रका लागि छात्रवृत्ति स्वरुप कुल रकम रु २५,००० वितरण गरिएको बैंकले जनाएको छ ।