काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले ५ वर्षभित्र ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । 

सरकारले १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य समेत राखेको छ । 

यस्तै, सरकारले  काठमाडौं निजगढ द्रूत मार्गलाई आगामी ५ वर्षभित्रमा निर्माण पूरा गर्ने लक्ष्य लिएको छ । हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणको काम समेत यो अवधिमा पूरा गरिने बताइएको छ । 

यस्तै, सरकारले अर्को बर्ष भैरहवाको  गौतमबुद्ध क्षेत्रिय विमानस्थल तथा तीन वर्षभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने समेत सरकारी योजना रहेको छ ।