काठमाण्डौ । सेवा बिस्तारमा माछापुच्छ्रे बैंक आक्रामक बन्दै गएको छ । बैंकले जेठ महिनामा मात्रै १३ वटा शाखा कार्यालय र २ वटा शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । 

जेठ १ गते १० वटा नयाँ शाखा एकसाथ संचालनमा ल्याएको बैंकले जेठ ६ गते थप ३ शाखा र २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको हो । 

बैंकले सुुनसरीको धरान उप–महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । 

साथै, बैंकले कञ्चनपुुरको बेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्ब निक्षेप परिचालन गरी रु. ६२ अर्व  कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

थप गरिएका शाखासहित बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा १०० स्थानबाट बैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा छन् ।