काठमाण्डौ । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले जेठ ११ गते शुक्रबारका दिन काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त रु. ५०,०००/ सहयोग गरेको छ । 

सो कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्गलाई चेक हस्तान्तरण गरेका थिए । 

मृगौला रोग लागेर मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेकोले उपचार खर्चमा सहयोग पुर्याउने उद्देश्यले बैंकले सो सहयोग गरेको बताइएको छ ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।