काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार ३ सय रुपैयाँ मूल्य पर्ने स्वाबलम्बन लघुवित्त बित्तीय संस्थाको ३ लाख बढी कित्ता संस्थापक सेयर किन्न ४ वटा मात्र आवेदन परेका छन् । 

महिला सहकारी संस्था लिमीटेडले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्त बित्तीय संस्थाको ३ लाख २ हजार ४ सय १६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । 

न्यूनतम ७२८ रुपैयाँ प्रतिकित्ता मूल्य तोकिएको यति धेरै कित्ता संस्थापक सेयर खरीदका लागि ४ आवेदकले ४५० कित्ता खरीदका लागि मात्र आवेदन दिएका बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । आवेदकले बढीमा प्रतिकित्ता ७ सय ३१ रुपैयाँसम्मको बोली लगाएका छन् । 

सबै आवेदकले स्वाबलम्बनको सेयर पाएका र बिक्री हुन बाँकी ३ लाख १ हजार ९ सय ६६ कित्ता पुनः अक्सनमार्फत बिक्री गरिने बताइएको छ ।