काठमाण्डौ । संगीतमा अधिक रुची छ, अनि भित्ताभरिको एचडी स्क्रीनमा मस्त भएर खेल हेर्दै विभिन्न परिकारका खानाको स्वाद चाख्ने चाहना छ भने दरबारमार्गको एक मात्र गन्तव्यमा तपाईको त्यो चाहना पूरा हुने भएको छ । 

खेलप्रेमी, संगीतप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किङ्स लाउञ्ज’ले तपाईको यस्तो चाहना पूरा गराउने भएको हो । 

अनौपचारिक रुपमा सेवा सुरु गरेको छोटो समयमा नै लाउञ्जको लोकप्रियता बढेको छ । अहिले लाउञ्जमा के दिन, के साँझ, कलाकार, व्यवसायी तथा आम मानिसको बाक्लो भीड लाग्न थालेको छ । संगीत सुन्दै आईपीएल हेर्ने तथा अरु खेल हेर्नेहरु अहिले लाउञ्ज धाउन थालेका छन् । 

नजिकिँदै गरेको फिफा विश्वकप फुटबललाई विशेष बनाउने तयारी पूरा गर्दै लाउञ्जले अनौपचारिक सेवा सुरु गरेको हो । 
स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर सञ्चालनमा आएको पूर्ण पारिवारिक रेष्टुरेन्ट सबै वर्गका मानिसका लागि उचित गन्तव्य हुने लाउञ्जका सञ्चालकहरुको भनाई छ । 

लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौं । २० बाइ ११ फिटको भव्य एचडी स्क्रीनमा हरेक किसिमका खेल हेर्दै लाइभ म्युजिकमा रमाउने गन्तव्य नेपालमा अरु कहीँ पनि छैन ।’

विभिन्न पेशा र व्यवसायमा आवद्ध केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इण्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट लाउञ्जको विशेष आकर्षण हो । 

बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउने रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनल बार सहतिको भिआईपी हल लाउञ्जको विशेषता हो । फेमिलि कर्नर पनि लाउञ्जमा लोकप्रिय बन्दै गएको छ ।साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका सञ्चालक संगम राईले बताए ।

रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ‘दरबारमार्गमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।

अहिले रेष्टुरेन्ट अनौपचारिक रुपमा संचालनमा आए पनि भव्य औपचारिक उद्घाटन विश्वकप फुटबलको पुर्वसन्ध्यामा गरिने बताइएको छ । नेपालको नमूना रेष्टुरेण्टका रुपमा तयार गरिएको किंङस् लाउञ्जमा झण्डै एक सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । ३ सय सिटिङ क्यापासिटी रहेको लाउञ्जसँग इभेण्टहरुमा एक पटकमा १ हजार जनालाई सेवा दिन सक्ने क्षमता छ । 

त्यसैगरी कफीका पारखीहरुलाई अलग्गै कफी सेक्सन समेत रहेको लाउञ्जले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधियुक्त सुरक्षा प्रणाली पनि जडान गरेको छ ।