काठमाण्डौ । सर्लाहीको हरिवनमा मुख्य कार्यालय रहेको सहकार्य लघुवित्त बित्तीय संस्था लिमीटेडले एकैसाथ ४९ कर्मचारी मागेको छ । 

दश जिल्ला कार्यक्षेत्र भएको यो लघुवित्तले प्रमुख कार्यकारी अधिकृतदेखि सहकाय प्रशिक्षार्थीसम्मका पदमा कर्मचारी मागेको हो । 

सबैभन्दा बढी सहायक प्रशिक्षार्थीमा ३० कर्मचारी मागिएको छ । यो पदमा व्यवस्थापन बिषय लिई प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकोले आवेदन दिन पाउने बताइएको छ । 

त्यसपछि तराई क्षेत्रका लागि १५ सहायक श्रेणीका शाखा प्रबन्धक मागिएको छ । यो पदमा प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिनसक्ने र लघुवित्त बित्तीय संस्थामा २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

कम्पनीले वित्त, कर्जा, कार्य संचालन, अनुगमन, जनशक्ति तथा सामान्य सेवा विभागमा रहेर काम गर्ने गरी २ जना व्यवस्थापकीय अधिकृत समेत मागेको छ । स्नातक तह उत्तीर्र्ण गरी लघुवित्त बित्तीय संस्थामा कम्तीमा ४ वर्ष अधिकृत स्तरमा काम गरेकोले यो पदमा आवेदन दिनसक्ने बताइएको छ । 

यसैगरी, कम्पनीले एकजना नायव कार्यकारी प्रमुख र एकजना प्रमुख कार्यकारी अधिकृत समेत मागेको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी लघुवित्त बित्तीय संस्थामा कम्तीमा ४ वर्ष नायव कार्यकारी प्रमुख तथा वरिष्ठ प्रबन्धकको रुपमा कार्य गरहेको वा स्नातक तह उत्तीर्ण गरी लघुवित्त बित्तीय संस्थामा कम्तीमा ६ वर्ष नायव कार्यकारी प्रमुख तथा वरिष्ठ प्रबन्धकको रुपमा काम गरेको अनुभव हासिल गरेकाले प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिन पाउनेछ ।

यस्तै, स्नातकोत्तर तह उत्तीर्ण गरी कुनै लघुवित्त संस्थामा ४ वर्ष वरिष्ठ प्रबन्धकको रुपमा काम गरेको अनुभव भएको तथा स्नातक तह उत्तीर्ण गरी लघुवित्त बित्तीय संस्थामा कम्तीमा ६ वर्ष वरिष्ठ प्रबन्धकको रुपमा काम गरेको व्यक्तिले नायव कार्यकारी प्रमुख पदमा आवेदन दिन पाउने बताइएको छ । 

यसैबीच, तिनाउ विकास बैंकले समेत सिनियर असिस्टेन्ट तथा असिस्टेन्ट पदमा केही कर्मचारी मागेको छ । 

प्लस टू उत्तीर्ण गरी २ देखि ३ वर्ष अनुभव प्राप्त गरेकोले यो पदमा आवेदन दिन पाउने बताइएको छ ।