काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले असार २९ गते धनुषा जिल्लाको जनकपुरधाममा आफ्नो ५५ औं शाखा स्थापना गरी कारोबार थालेको छ । 

सो शाखाको समुद्घाटन नेपाल राष्ट्रबैंक, जनकपुरका मुख्य व्यवस्थापक नरेश शाक्यले गरेका थिए । सो समारोह संस्थाका सहायकमहाप्रबन्धक सूर्यप्रसाद तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो । 

कैलाशविकास बैंकको यस शाखाबाट सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

यस नयाँशाखा सहित बैंकको शाखा संख्या ५५ पुगेको छ भने एटीएम संख्या २५ पुगेको छ । 

बैंकले निकट भविष्यमा धनुषा जिल्लाको जनकपुर, ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग, नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्ब ५२ करोड रहेको छ । यस संस्थालेहाल सम्मरु.२२ अर्ब १३ करोड निक्षेप संकलन गरी रु.१९अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ ।