काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आइतबार देशका विभिन्न ४ स्थानमा एकसाथ शाखा कार्यालय संचालनमा ल्याएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्युटरमा क्लिक गरी प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा स्थापित शाखाको उद्घाटन गरेका हुन् । 

सरकारले अवलम्बन गरेको वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई सार्थक तुल्याउन शाखा बिस्तारमा ध्यान दिइएको बैंकको दाबी छ । 

बैंकले चालु आर्थिक वर्षकमा नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर, इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी, धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि र दाङको बंगलाचुली गरी कुल १४ शाखाहरु संचालनमा ल्याइसकेको छ।

नियमनकारी निकायको निर्देशनअगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरिसकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केही अनुपम उदाहरणहरु हुन् । 

निकट भविष्यमै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना रहेको पत्रकार सम्मेलनमा सीइओ भण्डारीले जानकारी दिए ।

सिटिजन्स बैंकले देशैभर फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।