काठमाण्डौ । आइतबार साँझदेखि काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ भने बालक अपहरणमा संलग्न दुईजनालाई प्रहरीले इन्काउण्टर गरेको छ। 

काँडाघारीबाट अपहरणमा परेका खड्काको खोजीको क्रममा डोलेश्वर महादेव मन्दिर छेउको जंगलमा पुगेको प्रहरीमाथि जाइलागेपछि प्रहरीको जवाफी फायरिंगमा अपहरणमा संलग्न २ युवा मारिएका हुन् । 

प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ र अजय तामाङ नामका दुई युवा मारिएका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बिजशालालाई बताए । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनका अनुसार अपहृत बालकको शव भक्तपुरको ठिमी नगरपालिका वडानम्बर ७ स्थित निर्माणाधीन घरभित्र गाडिएको अवस्थामा फेला परेको छ ।