काठमाण्डौ । नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंक बीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ । 

बुधबार ललितपुरमा गरिएको हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरे भने प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजन्द्र सुवालले हस्ताक्षर गरेसंगै इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले विशेष छुट पाउने भएका छन् । 

सम्झौता कार्यान्वयनमा आएसँगै बैकका विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैंकले साथ दिने भएको छ । खासगरी, बैंकका कार्ड उपभोक्ताले उपचारमा सहुलियत प्राप्त गर्नेछन् । 

अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । 

त्यस्तै, बैंकका नायव महाप्रबन्धक(डेपुटी जेनेरल म्यानेजर)ले सर्वसुलभ स्वास्थ्योपचार गराउँदै आएको नेपाल मेडिसिटीसंग सहकार्य गर्न उत्साहित रहेको प्रतिक्रिया दिए ।