काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको भुजौलीमा आफ्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा भदौ ६ गतेबाट संचालनमा ल्याएको छ । 

सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरे । सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले गंगा ढकाललाई नियुत्त गरेको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिनसक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारका लागि स्थानीयलाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा(जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्नसक्ने बैंकले प्रष्ट्याएको छ । 

हाल यो बैंकको मुलुकभर २३८ शाखा कार्यालय, २३२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।