काठमाण्डौ । यो पटकको रक्षाबन्धन भदौ १० गते परेको छ । हिन्दू धर्मावलम्बीहरुले जनै फेर्ने यो दिनलाई मधेशमा दाजुभाई दिदीबहिनीबीचको पवित्र पर्वकोरुपमा समेत धूमधामका साथ मनाइन्छ । तराई क्षेत्रमा प्रचलित राखी बाँध्ने चलन देशका अन्य क्षेत्रमा समेत फैलिइसकेको छ । यहीकारण रक्षाबन्धनलाई दाजुभाई दिदीबहिनीहरुको तिहारजस्तै महत्वपूर्ण चाँडको रुपमा मनाउन थालिएको छ । 

भारतबाट तराई भित्रिएको र त्यहाँबाट देशैभर फैलिरहेको रक्षाबन्धनमा दाजुभाईले दिदीबहिनीलाई सकेको उपहार दिने चलन समेत छ । यो पर्वमा धेरै दाजुभाई दिदीबहिनीलाई के उपहार दिने होला भनेर कन्फ्यूज समेत हुने गरेका छन् । 

तपाई पनि राखीपर्व विशेष रुपमा मनाउनुहुन्छ र आफ्ना दिदीबहिनीलाई के उपहार दिने भन्ने द्विविधामा हुनुहुन्छ भने हामी तपाईलाई यस्तै ८ उपहार अप्सनको बिषयमा बताउन गइरहेका छौ । जुन उपहार पाएर तपाईका दिदीबहिनी खुशी त हुन्छन् नै यसका लागि तपाईले धेरै बजेट पनि छुट्याउनु पर्दैन । यो गिफ्टको सूचिमा कपडा, ह्याण्डब्यागदेखि गहनासम्म सामेल छन् । हेरौं सूचि:

घडी
दिदीबहिनीका लागि उपहारको सबैभन्दा उत्तम विकल्प नाडी घडी हुनसक्छ । २ हजार र त्योभन्दा अझै कम बजेटमा समेत राम्रो घडी किन्न सकिन्छ । यति मात्र होइन ४ हजारसम्मको बजेटमा त तपाईले ब्राण्डेड घडी नै पनि गिफ्ट गर्न सक्नुहुन्छ । यसका लागि तपाईले विभिन्न इकमर्स अनलाइनबाट समेत भिजिट र अर्डर गर्न सक्नुहुन्छ । घडीका बिक्री केन्द्रहरुमा गएर समेत मन परेको मोडल खरीद गर्न सकिन्छ । 

मेकअप किट
केटीहरुका लागि मेकअप किट समेत उपहारको रुपमा राम्रो विकल्प हो । यदि तपाईका दिदीबहिनी मेकअपमा बढी ध्यान दिन्छन् भने उनीहरुलाई राम्रो खालको मेकअप किट गिफ्ट गर्नुहोस् । यसमा समेत धेरै खर्च लाग्दैन । 

ब्लुटुथ एयरफोन
आजको समयमा ब्लुटुथ एयरफोन समेत निकै धेरै चलनमा छ । तपाईले आफ्नी दिदी वा बहिनीलाई यो पनि गिफ्ट गर्न सक्नुहुन्छ । यदि तपाई ब्लुटुथ एयरफोनको मूल्य धेरै पर्ला भनेर सोचिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । राम्रो खालको ब्लुटुथ एयरफोनलाई समेत बढीमा ३५०० रुपैयाँसम्म मात्र पर्छ । 

ह्याण्डब्याग
केटीहरुका लागि ह्याण्डब्याग निकै मनपर्ने गिफ्ट हो । किनभने यस्तो ब्यागमा उनीहरु आफ्ना लागि आवश्यक सबै चिज राखेर हिँड्नसक्छन् र यस्तो ब्याग निकै फेसनेबल पनि हुन्छ । त्यसकारण तपाई पनि ह्याण्डब्यागलाई गिफ्टको रुपमा चुन्न सक्नुहुन्छ । ३ हजारसम्मको मूल्यमा राम्रो ह्याण्डब्याग खरीद गर्न सकिन्छ । यो भन्दा कम मूल्यमा समेत पाउन सक्नुहुन्छ । 

कपडा
तपाईको दिमागमा अन्य कुनै पनि खालका गिफ्ट सम्झनामा आएन भने तपाईका लागि कपडा राम्रो विकल्प हो । तपाईले आफ्ना चेलीबेटीलाई उनीहरुको मनपर्ने कपडा जस्तैः जिन्स, प्लाजो, कुर्ती, सूट, साडी आदि गिफ्ट गर्न सक्नुहुन्छ । तपाईले यस्ता गिफ्ट कपडा स्टोर, सपिङ सेन्टर वा अनलाइनबाट समेत खरीद गर्न सक्नुहुन्छ । कपडामा तपाईले धेरैवटा अप्सन समेत पाउनुहुन्छ । तपाईले आफ्नो बजेट अनुसार कपडा खरीद गर्न सक्नुहुन्छ ।

फूटवेयर
फूटवेयर समेत यस्तो मौकामा गिफ्ट दिनका लागि राम्रो विकल्प हुनसक्छ । क्याजुएल, पार्टीवेयर, हाइहिल्स, फ्ल्याट(हिल्स नभएको) जस्ता कैयन अप्सन तपाईले ३ हजारको हाराहारीमा पाउन सक्नुहुन्छ । तपाईले आफ्ना चेलीबेटीको छनौट र उनीहरुको सुविधालाई समेत ध्यानमा राखेर फूटवेयर गिफ्ट गर्न सक्नुहुन्छ । 

गहना
यदि तपाईले आफ्ना दिदीबहिनीलाई गहना नै गिफ्ट गर्न चाहनुहुन्छ भने यो पनि संभव हुन्छ । तपाईले ४ हजार जति बजेटमा समेत सुनको सानो केही बनाएर दिन सक्नुहुन्छ । गोल्डको क्वाइन समेत यो बजेटमा दिन सकिन्छ । गोल्डको जलप लगाएको गहना समेत खरीद गरेर दिन सकिन्छ । कतिपयले आर्टिफिसियल गहना समेत किनेर दिन्छन् । हेर्दा सुनजस्तै लाग्ने गहना समेत सस्तोमै पाउन सकिन्छ । 

हेयर स्ट्रेटनर
तपाईले आफ्ना दिदीबहिनीलाई हेयर स्ट्रेटनर समेत गिफ्ट गर्न सक्नुहुन्छ । यसका लागि धेरै ठूलो खर्च समेत हुँदैन । ३ हजार वा त्यो भन्दा कम बजेटमा समेत राम्रो हेयर स्ट्रेटनर पाउन सकिन्छ ।