काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पताल प्रा लि.सँग भदो १२ गते एक सम्झौता गरेको छ । 
 
सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् ।
 
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले उक्त पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा १० प्रतिशत छुट पाउनेछन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवाशुल्कमा क्रमशः १२  प्रतिशत र १० प्रतिशत  छुट प्राप्त गर्नेछन् । बैंकले आफ्ना संस्थापक÷सेयरधनीहरुका लागि भने अस्पतालसँग १२  प्रतिशत छुट दिने सम्झौता गरेको छ ।
 
देशका ७४ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।