काठमाण्डौ । ट्रम्प सरकारले एकपछि अर्को गर्दै ओबामा प्रशासनको निर्णयहरुलाई उल्टाइरहेको छ । ओबामा केयर र नेट न्यूट्रिलिटीपछि टप प्रशासनले अब एच वान बी भिजाको नियमलाई थप कडा बनाउन गइरहेको मिडियाहरुले जनाएका छन् । नयाँ नियम अनुसार एचवान बी भिजा अन्तर्गत अमेरिकामा पति वा पत्नीको रुपमा बस्दै आएका आश्रितहरुका लागि जागिर खानुु अब निकै कठीन हुनेछ । 

यसको सबैभन्दा नकारात्मक प्रभाव अपेक्षाकृत सानो वर्गमै पर्नेछ । एचवान बी भिजामा काम गरिरहेका प्रोफेसनल, जो ग्रीन कार्डका लागि कोशिश गरिरहेका छन्, ट्रम्प प्रशासनको यो निर्णयबाट प्रभावित हुनेछन् । बिहीबार यूएस डिपार्टमेन्ट फर होमल्याण्ड सेक्युरिटी(डिएचएस)को तर्फबाट जारी विज्ञप्तिमा यो बिषयमा जानकारी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । तर विज्ञप्तिमा यो व्यवस्थाको बिषयमा धेरै प्रकाश भने पारिएको छैन । 

डिपार्टमेन्टबाट जारी विज्ञप्तिमा भनिएको छ–‘ट्रम्प प्रशासनको बाय अमेरिकन, हायर अमेरिकन पोलीसीअन्तर्गत यो निर्णय गरिएको हो ।’ 

डिएचएसको तर्फबाट जारी गरिएको विज्ञप्तिमा एचवान बी भिजाको पुरानो व्यवस्थामा गर्न लागिएको परिवर्तनको बिषयमा ट्रम्प प्रशासनको धारणालाई स्पष्ट पार्न खोजिएको छ । भनिएको छ–‘एचवान बि भिजा प्राप्त गर्ने प्रोफेसनलसँगको सम्बन्धको बिषयलाई पुनः परिभाषित गरिनेछ । त्यहाँ भिजा विज्ञहरुले एच वान बी भिजालाई थप कडा बनाउनका लागि ट्रम्प प्रशासनले चालेको यो पछिल्लो कदम निकै महत्वपूर्ण रहेको छ ।’ 

सन् २०१५ फेब्रुुअरीमा ओबामा प्रशासनले अमेरिकामा रहेका जागिरेहरुमाथिको आर्थिक दवाब कम गर्न भन्दै आश्रित पति पत्नीलाई काम गर्ने छुटको प्रावधान तयार गरेको थियो । त्यसबेला ग्रीनकार्डका लागि प्रतिक्षारत जागिरेहरुका पति तथा पत्नीलाई काम गर्न छुट दिने प्रावधान थियो । ओबामाको यो निर्णयलाई चर्चित उद्यमी स्टीव जब्सले अदालतमा पुुगेर चुनौति दिएका थिए ।