हिमालयन लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १९ औं वार्षिक साधारण सभा डाकेको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही माघ २८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभा काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। सभामा सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको...

