ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बृद्धि अकेला पुनःचयन
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सञ्चालक बृद्धि अकेला सर्वसम्मत रुपमा पुनःचयन भएका छन् । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अकेलालाई पुनः अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।

