दशैंको दक्षिणाबाट लाखौंको कोष : खर्चको पैसालाई भविष्यको पूँजी बनाउने कसरी ?
काठमाडौं । दशैंमा टीका र आशीर्वादसँगै पाएको दक्षिणा कति दिन टिक्छ ? कसैको नयाँ कपडामा सकिन्छ, कसैको घुमघाम र खानपिनमा। तर यही रकमको केही हिस्सा भविष्यका लागि छुट्याउने हो भने दशैंले खुसीसँगै पूँजी निर्माणको सुरुवात पनि गराउन सक्छ।दक्षिणाबाट लाखौं रुपैयाँको कोष बन्ने सम्भावना छ। त्यसका लागि दक्षिणा पाएपछि एकपटक पैसा लगानी गरेर बिर्सनु भने पर्याप्त हुँदैन। सुरुवाती रकममा...

