मूल्य नपाउँदा बारीमै कुहिँदै धनकुटाको मूला, किसानलाई दुई करोडभन्दा बढी क्षति
काठमाण्डौ । कोशी प्रदेशमै ‘तरकारीको राजधानी’ भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसान यतिबेला ठूलो पीडामा छन्। महिनौँको मेहनत, लगानी र आशासहित उत्पादन गरिएको मूला उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ।छथर जोरपाटीका जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे र रोटेआहाल लगायतका क्षेत्र व्यावसायिक तरकारी उत्पादनका लागि...

