गुणस्तरीय बीउमा किसानको पहुँच बढाउन ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम
काठमाण्डौ । गुणस्तरीय बीउमा किसानको पहुँच विस्तार गर्न कृषि विभागले देशका १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ।विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यो कार्यक्रम अघि बढाएको हो। स्थानीयस्तरमै गुणस्तरीय बीउ उत्पादन बढाएर किसानलाई समयमै भरपर्दो बीउ उपलब्ध गराउने...

