ट्राफिक प्रहरीले ३१ चालकको लाइसेन्स निलम्बनका लागि प्रक्रिया अघि बढायो, सार्वजनिक यातायातमा CCTV अनिवार्य
काठमाण्डौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लगातार सवारी नियम उल्लंघन गर्ने ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेको छ।ट्राफिक प्रहरीले सडक अनुशासन सुदृढ बनाउन र बारम्बार नियम तोड्ने प्रवृत्तिमा नियन्त्रण गर्न उक्त कदम चालिएको जनाएको छ।

