* महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ३.७ प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर प्रयोजनको रकमसमेत समावेश छ।

