निर्वाचन प्रणाली सुधारका लागि राजनीतिक दलसँग छलफल गर्दै आयोग
काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनी संरचना सुधार तथा एकीकरणबारे आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।आयोगले हाल कायम रहेका निर्वाचनसम्बन्धी सातवटा ऐनलाई एकीकृत गरी तयार पारिएको विधेयक मस्यौदामाथि दलहरूको सुझाव संकलन गर्ने उद्देश्यले छलफल आयोजना गरेको हो ।

