नेशनल लाइफको खुद बीमाशुल्क आर्जन करिब १४% ले बढ्यो, नाफा कति ?
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सुधार आएको छ । कम्पनीले यस अवधिसम्म १४ करोड ८ लाख...

