नेपाल बैंकको मुनाफा ४६.२०% ले बढ्यो, ईपीएस ३० रुपैयाँमाथि !
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । गत आवमा बैंकल े४ अर्ब ५० करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ४६.२० प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज...

