विपद्को समयमा गलत सूचना सम्प्रेषण नगर्न नेपाल प्रहरीको आग्रह
काठमाण्डौ। नेपाल प्रहरीले विपद्का कारण उत्पन्न वर्तमान विषम परिस्थितिमा सामाजिक सञ्जालमार्फत गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।नेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलिने अपुष्ट तथा भ्रामक सूचनाले सर्वसाधारणमा अनावश्यक भ्रम सिर्जना गर्नुका साथै वास्तविक खोज, उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने जनाएको छ।

