भोलि सार्वजनिक बिदामा पनि बैंक खुल्ने, अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाण्डौ । गत वर्ष भएको ‘जेन–जी आन्दोलन’को स्मृतिमा सरकारले मंगलबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्।नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ २३ गते अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

