ताप्लेजुङको पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
काठमाण्डौ । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । वैशाख २१ गतेदेखि सो सेवा शुभारम्भ भएको हो । नेपाल टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहहरुलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।समुद्र सतहबाट करिब ३ हजार ७९४ मिटरको उचाइमा रहेको सो विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथिभरा...

