प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्ने, शपथग्रहण पनि आजै
काठमाण्डौ । प्रतिनिधि सभाको बैठकले आज दिउँसो ४ बजे उपसभामुख चयन गर्नेछ । साथै निर्वाचित उपसभामुखको शपथग्रहण कार्यक्रम पनि आजै सम्पन्न हुने भएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासका अनुसार आज साँझ ६ बजेका लागि शपथग्रहणको समय तय गरिएको छ ।

