बागमती र गण्डकीको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि, मधेश प्रदेशको सबैभन्दा कमजोर
काठमाण्डौं । राष्ट्रिय अर्थतन्त्र सुस्त गतिमा अघि बढिरहेका बेला दुई प्रदेशले भने राष्ट्रिय औसतभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने संकेत देखाएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रदेशगत कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमानअनुसार बागमती प्रदेश र गण्डकी प्रदेश को आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि...

