सामलिङ्ग पावर कम्पनीको प्रतिनिधि सञ्चालक परिवर्तन
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको संस्थागत सञ्चालक उर्जा डेभलपर्स प्रालिले आफ्नो आधिकारिक प्रतिनिधि परिवर्तन गरेको छ। उर्जा डेभलपर्सबाट प्राप्त पत्रअनुसार कम्पनीले यसअघि आधिकारिक प्रतिनिधि सञ्चालकका रूपमा रहेकी प्रकृति श्रेष्ठको स्थानमा रवि कृष्ण मुल्मीलाई नयाँ प्रतिनिधि नियुक्त गरेको हो।

