सम्पदा लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी जेठ १७ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले नवलपरासीमा रहेको द नारायणी रिसोर्टमा बिहान ११ बजेदेखि नवौँ सभा आयोजना गर्ने निर्णय गरेको हो ।

