भट्टको बोलीमै रोकियो धितोपत्र बोर्डको आन्दोलन, गेटबाट हटे काला ब्यानर
काठमाण्डौ । सरकारी निकायमा नयाँ नेतृत्व आएपछि फूल, खादा र शुभकामनाले स्वागत गर्ने सामान्य परम्परा हो । तर, नेपाल धितोपत्र बोर्डमा भने नयाँ अध्यक्ष डा. गोपालप्रसाद भट्टको स्वागत केवल औपचारिक सम्मानमै सीमित रहेन । महिनौंदेखि जारी कर्मचारी आन्दोलन नै स्थगित गरेर बोर्डका कर्मचारीले नयाँ नेतृत्वप्रतिको विश्वास प्रकट गरेका छन् ।नेपालको पूँजीबजारको प्रमुख नियामक निकाय...

