सुपर खुदी हाईड्रोपावरको आईपीओ बाँडफाँड, कति जनाको भागमा पर्यो १० कित्ता सेयर ?
काठमाण्डौ । सुपर खुदी हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे बाँडफाँड भएको हो ।ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५०...

