भन्सार कडाइपछि भद्रपुर बजारमा चहलपहल बढ्यो, स्वदेशी बजारतर्फ फर्किए उपभोक्ता
काठमाण्डौं । प्रायः सधैं सुनसान रहने झापाको पुरानो भद्रपुर बजारमा अहिले चहलपहल बढ्न थालेको छ। सीमावर्ती भन्सार नाकामा कडाइ गरिएपछि स्थानीय बजारमा व्यापारिक गतिविधि सक्रिय बन्दै गएको छ, जसले व्यवसायीहरूमा नयाँ आशा जगाएको छ।

