बिजय लघुवित्तको एफपीओमा ५७ गुणा बढी आवेदन, साढे २२ लाखको हात खाली हुने पक्का
काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा ५७.१२ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्ग लिमिटेडका अनुसार संस्थाको एफपीओमा आज अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका छन् ।एफपीओमा कुल २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड ६६ लाख ६६ हजार ९९० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ५७ गुणा बढी आवेदन हो ।

